Birendranagar Municipality

काँक्रेविहारमा भेटिएको लाश धर्मशिलाको

सेरोफेरो
काँक्रेविहारमा भेटिएको लाश धर्मशिलाको

बैशाख २९ । काँक्रेविहार जंगलमा भेटिएको मृतकको सनाखत भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १० नयाँगाउँ स्थित काँक्रेविहार जंगलमा मृत महिला भगवतीमाइ गाउँपालिका वडा नम्वर ५ दैलेख की धर्मशिला जैसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

 

मृतकको लाश मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल कालागाउँमा पोष्टमार्टमका लागि पठाइएको छ । मृत्युको कारणवारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनि विरेन्द्रनगर ९ स्थित हिरालाल शर्माको घरमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ ।

 

 

२०७५ बैशाख २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्