Birendranagar Municipality

हुम्लामा जहाज दुर्घटना चालक दलका दुईको मृत्यु

सेरोेफेरो
हुम्लामा जहाज दुर्घटना चालक दलका दुईको मृत्यु

२ जेठ । हुम्लामा जहाज दुर्घटना हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान सुर्खेत विमानस्थलबाट करिब ६ बजे सिमकोटको लागि उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको खर्पुनाथ गाउँपालिका नजिकै दुर्घटना ग्रस्त अवस्थामा भेटिएको थियो ।

 

मृत्यु हुनेमा पाईलट किरण भट्टराई र कोपाईलट आदित्य नेपाली रहेको नागरिक उड्ययन कार्यालय सुर्खेतले जानकारी दिएको छ । जहाजमा ११ सय ७० किलो सामान थियो ।


जहाज दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।

२०७५ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्