३ जेठ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ३ बजे राष्ट्रिय सभागृहमा आउन सुभचिन्तकहरुलाइ निम्तो दिएका छन् । चुनाव लगतै पार्टी एकता गर्ने गरी चुनावमा होमीएका दुइ ठुला पार्टी एमाले र माओवादी केन्द्रले लामो समयसम्म गृहकार्य गरेपश्चात आज एकता गर्न लागेका हुन् ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमख जिवराज आश्रितको २५ औं स्मृति दिवसका अवसर पारेर एमाले पुरानो पार्टी कार्यालय रहेको बल्खुमा आयोजित कार्यक्रममा ओलीले विहीवार तीन बजे पार्टी एकताको औपचारिक कार्यक्रम रहेको जानकारी दिए। नेपालको मुहार फेर्न, जनताको विकासप्रतिको चाहनालाई साकार पार्न र देशलाई भष्ट्रचार मुक्त बनाउनका लागि एकता गरिएको ओलीले प्रष्ट पारे ।
ओलीले मदन भण्डारीले कोरेको गोरेटो अनुसार नै आजको ऐतिहासिक दिनमा पार्टी एकता हुदै गरेको बताए ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी स्मृति दिवसकै अवसर पारेर पार्टी एकताको प्रस्ताव आफुले गरेको बताएका छन् । उनले भने ‘मलाई गर्ब छ, आज नै हामी नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक मोडमा प्रवेश गर्दैछौं । अव नया आधारमा नयाँ एकताका रुपमा हामीले आज एउटा नयाँ प्रक्रियाको शुरुवात गर्दैछौं । यो नै मदन र जिवराज आश्रितप्रति निक्कै ठुलो श्रद्धा र सम्मान प्रकट गरिएको परिघटना हो ।’
प्रतिकृया दिनुहोस्