Birendranagar Municipality

कसले जित्यो रुकुममा ?

सेरोफेरो

२ जेठ, रुकुम । मुसिकोट नगरपालिका वडा नं १ मा काँग्रेसका बीरवल के.सी, वडा नं २ मा काशिराम खड्का, वडा नं ३ मा लोक बहादुर के.सी र १२ मा प्रेम बहादुर वली विजयी भएका छन् ।


माओवादी केन्द्रबाट मुसिकोट नपा वडा नं. ४ मा निर्मल कुमार पुन, ५ मा सुशील गौतम, ६ मा बसन्त गौतम, ७ मा हिम बहादुर पाण्डे, ८ मा बुद्धिप्रसाद बुढाको प्यानलले जितेको छ ।


सानिभेरी गाउंपालिकाको वडा नं. १ मा माओवादी केन्द्रका टेक बहादुर पुन, २ मा धर्म पुन, ३ मा केदार बिष्ट र ४ मा नरसिंह बुढाथोकी, ५ मा लाव बहादुर खड्का र ६ मा सर्वजित घर्ती, ७ मा कुल बहादुर बुढा, ८ मा ससिराम बुढाथोकी, ९ मा सेरबहादुर खड्का र १० मा कर्णबीर डाँगीको प्यानल बिजयी भएको छ ।


चौरजहारी नगरपालिका वार्ड नं १४ मा माओवादी केन्द्रका अतिराम विष्टको प्यानल विजयी भएको छ । भने चौरजहारी नपा वडा नं. १३ मा एमालेका टंक प्रसाद वलीको प्यानल बिजयी भएको छ ।


मुसिकोट नगरपालीकाको पछिल्लो मत परिणाम अनुसार मेयर तथा उपमेयरमा कांग्रेसले अग्रता लिएको छ ।


६ वटा स्थानिय तहमध्ये ५ वटामा माओवादी केन्द्र र १ वटामा नेपाली काग्रेसको अग्रता रहेको छ ।

 

२०७४ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्