Birendranagar Municipality

कर्णाली प्रिमिएर क्रिकेट लिग शुरु

सेरोेफेरो
कर्णाली प्रिमिएर क्रिकेट लिग शुरु

३ जेठ । कर्णाली प्रिमिएर लिग (केपीएल) आजबाट वीरेन्द्रनगरमा शुरु भएको छ । जेठ १२ सम्म चल्ने उक्त प्रदेशस्तरीय क्रिकेट लिगको उद्घाटन कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले गरेका छन् ।


खेलको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले खेल आधुनिक जनजीवनको प्रतिक भएको बताए । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरु सञ्चालन हुनु जरुरी भएको बताए ।


आजै जिल्ला क्रिकेट संघ सुर्खेतले खेलकुद मैदानको माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

 

विभिन्न १० वटा टोली सहभागी भएको उक्त लिगको उद्घाटन सत्रमा टिकापुर र भेरागंगा क्रिकेट क्लबले खेलेका छन् ।


३ लाख पुरस्कार राशी भएको उक्त लिग कर्णाली प्रदेशको हालसम्मकै ठूलो क्रिकेट लिग हो ।

२०७५ जेठ ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्