४ जेठ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको शैली परिमार्जन गर्न प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका छन् । टुंडिखेलमा मात्र मनाइने गणतन्त्र समारोहलाई जनस्तरसम्म पुर्याउनु पर्ने उनले बताएका छन् ।
गणतन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले शुक्रबार गृह मन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । गणतन्त्रलाई सरकारी दिवसमात्र नभई जनताको उत्सवको रुपमा मनाउनुपर्ने उनको भनाई छ । उनले भने, 'यो दिवस गाउँपालिकासम्मनै मनाउने व्यवस्था गर्नुपर्दछ ।'
दैनिक कामकाजलाई बाधा नहोस भनेर यो बर्ष गणतन्त्र दिवसको सार्वजनिक विदा कटौती गरिएको पनि उनले बताए ।
प्रतिकृया दिनुहोस्