४ जेठ । अनुसन्धानले ज्ञानको खोजी गर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले बताएका छन् ।
अनुसन्धान पद्धतिसम्बन्धी तीनदिने तालिमको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘अनुसन्धान ज्ञानको खोजी गर्ने माध्याम हो । गुणस्तरीय शिक्षाका लागि अनुसन्धान महत्वपूर्ण छ ।’
मध्यपश्चिमाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा भारतको लखनउस्थित बाबु बनारसी दास नेशनल इन्स्टीच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टका प्रा.डा. गौरब पाण्डेले सहजीकरण गर्ने केन्द्रका निर्देशक प्रा.डा. दीपबहादुर रावलले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्