Birendranagar Municipality

योजना तथा बजेट तर्जुमा तालिम सम्पन्न

सेरोफेरो
योजना तथा बजेट तर्जुमा तालिम सम्पन्न

६ जेठ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोग जिल्ला समन्वय समिति सुर्खेतको आयोजना तथा लेकवेशी नगरपालिकाको संयोजनमा २ दिने योजना तथा बजेट तर्जुमा तालिम आज लेकवेशी नगरपालिकामा सम्पन्न भएको छ ।


नेपालको संविधानमा र स्थानीय सरकार संचालन ऐन २०७४, बमोजिम योजना तथा बजेट तर्जुमा कार्यान्वयन र अनुगमन तथा मूल्याङ्गन जस्ता आवश्यक विषयमा जानकारी प्रदान गर्ने उद्देश्यले संचालित उक्त तालिममा लेकबेशी नगरपालिकाका प्रमुख, उप प्रमुख, प्रशासकिय अधिकृत, कार्यपालिकाका सदस्य र विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।


विकास,योजनाको अवधारणा, योजना तथा बजेट तर्जुमा सम्वन्धि भएका कानुनी व्यवस्था, योजना तर्जुमाका सातौ चरण, योजना छनौटको प्रकृयाको साथसाथै योजना कार्यान्वयन, अनुगमन मूल्याङ्गन र उपभोक्ता समिति गठन प्रकृया जस्ता विषयवस्तुमा तालिममा छलफल गरिएको थियो ।


दुई दिन सम्म संचालन भएको तालिमको समापन कार्यक्रममा प्रमुख गगन सिंह सुनारले तालिमबाट योजना तथा बजेट तर्जुमामा पहिलो वर्ष अन्यौलता रहेको र यसवर्ष योजना तथा बजेट तर्जुमा सम्वन्धि समयमा नै जानकारी र छलफल गर्ने अवसर मिलेको र आगामी दिनमा बस्तीस्तर, वडास्तर हुदै कार्यपालिका र नगरसभा सम्म आउदा सम्म जनताका आवश्यकताहरुलाई सम्वोधन गरिने र महसुस गर्ने गरी तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरे ।

 

तालिमको सहजिकरण सुन्दर नेपाल संस्था कार्यक्रम संयोजक खिम रेग्मी र उज्यालो नेपाल प्रा.लिका त्रिभूवन विसीले गरेका थिए ।

२०७५ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्