Birendranagar Municipality

सल्यानमा बस दुर्घटना ४३ घाइते, मुख्यमन्त्री द्वारा दुख व्यक्त 

सेरोफेरो
सल्यानमा बस दुर्घटना ४३ घाइते, मुख्यमन्त्री द्वारा दुख व्यक्त 

६ जेठ । सल्यानको सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ७८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको हुनसक्ने जनाएको छ । घाइतेहरुको नेपालगञ्जमा उपचार भइरहेको छ  ।

 

दुर्घटना बाट घाइते हुनेमा भगवती सिह जाजरकोट वर्ष ३० , तुल्सि बि क नेपालगन्ज वर्ष ३०, सेती परियार नेपालगन्ज वर्ष ३०, खिम ब सुनार सल्यान वर्ष ३२, ललित खत्री सुर्खेत वर्ष २०, खुम ब बिक सुर्खेत वर्ष १९, दुर्ग ब राना सल्यान सागिनेका वर्ष ३०, अमृता थापा सल्यान कुमाख गापा ३ वर्ष २०, खिमलाल बि क सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २५, अनिता चन्द चौरजहारी वर्ष ३०, कलि बस्नेत सल्यान कुमाख गापा ३ वर्ष ७५, कमला बस्नेत सल्यान कुमाख गापा ३ वर्ष १५, शारदा बि क बर्दिया वर्ष २२, लक्ष्मी बिक बर्दिया वर्ष ४०, दिलिप बिक बर्दिया वर्ष १९, सुपृया बि क बर्दिया ७ महिना, टेक ब बुढा सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २२, रुद्र चन्द रुकुम वर्ष ३४, मिना शर्मा कोहलपुर वर्ष २१, बिकास बुढा सल्यान बनगाड कुपिण्डे नपा १ वर्ष २२, एन्जल शर्मा कोहलपुर वर्ष ५, नोखी राना सल्यान बडागाउ वर्ष ४०, अमृत थापा कालागाउ ५ का वर्ष ४० रहेको प्रहरीले जनाएको छ ।

 

यसैगरी घाइते हुनेहरुमा कविता कुमाख २ वर्ष २१, रुद्र सिह राठौर जाजरकोट वर्ष १६, कोइली बस्नेत सल्यान कुमाख गापा २ वर्ष ४०, बाटुली बिक सल्यान कुमाख गापा २ वर्ष १७, गगन राना सल्यान कुमाखा गापा ३ वर्ष ५२, डम्बर बिक सल्यान कुमाख गापा ३ वर्ष १० , नवीन बुढाथोकी सल्यान कुमाख गापा २ वर्ष २०, केवसी बुढाथोकी कुमाख १ , लुगि रावत सल्यान कुमाखा गापा २ वर्ष १०, जेनिस रावत वर्ष ११, भिम ब रोका सल्यान चादे ३ वर्ष २८, रितेश चलाउने सल्यान कुमाख २ वर्ष ३, दिपा थापा नेपालगन्ज वर्ष २१, लिलारज बुढाथोकी सल्यान कुमाख वर्ष ३५, जिते बुढा सल्यान कुमाख ३ वर्ष ३५, नवीन बुढाथोकी सल्यान कुमाख ३ वर्ष १७, सुर्य बुढाथोकी सल्यान कुमाख ३ वर्ष ५७ रहेका छन् ।

 

गाडी चालक कोहलपुरका मोहन बिक र सहचालक प्रेम खत्री घाइते भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

मुख्यमन्त्री द्वारा दुख व्यक्त

आईतवार सल्यानको अम्रामा भएको सडक दुर्घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुख व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीले रुकुम )पश्चिम) को चौरजहारीवाट नेपालगञ्ज जाँदै गरेको वस दुर्घटनाका घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।


मुख्यमन्त्री शाहीले सवारी दुर्घटनाका कारण ठुलो मानवीय क्षति भईरहेकोले दुर्घटना न्युनिकरण तथा रोकथामका कार्यमा प्रभावकारी काम गर्न सम्वन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

२०७५ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्