Birendranagar Municipality

वामदेव गौतमलाई महत्वपूर्ण सरकारी जिम्मेवारी दिने तयारी

सेरोफेरो/काठमाडौं
वामदेव गौतमलाई महत्वपूर्ण सरकारी जिम्मेवारी दिने तयारी

७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई सरकारले महत्वपूर्ण जिम्मेवारी दिने भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेता गौतमलाई विकास निर्माण प्राधिकरणको जिम्मा दिन लागेका हुन् । सरकारले निकट भविष्यमै शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्दैछ ।

 

तत्कालिन एमालेका उपाध्यक्ष रहेका गौतमले बर्दियाबाट संसदीय चुनाव हारेका थिए । त्यसपछि उनी भूमिकाविहीन जस्तै बनेका छन् । जिम्मेवारीका हिसाबले पार्टीमा पनि उनको परिभाषित काम छैन ।

 

त्यसैले गौतमले विकास र समृद्धिको क्षेत्रमा रुचि देखाएका छन् । गौतमको सोही रुचि बमोजिम प्रधानमन्त्री ओलीले कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको जिम्मेवारी दिन लागेका हुन् ।

 

ओलीसँगै पार्टीका अर्का अध्यक्ष प्रचण्ड पनि गौतमलाई प्राधिकरणको जिम्मेवारी दिन सहमत भएको स्रोतले बतायो । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले गत पुषमा नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक समेत प्रकाशित गरेका थिए ।

२०७५ जेठ ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्