Birendranagar Municipality

सरकारको मुख्य सुरक्षा चुनौती धार्मिक अतिवादी र विप्लप समृह : गृह मन्त्री बादल

सेरोफेरो
सरकारको मुख्य सुरक्षा चुनौती धार्मिक अतिवादी र विप्लप समृह : गृह मन्त्री बादल

८ जेठ । गृहमन्त्री रामबहादुर थापाले सरकारको मुख्य सुरक्षा चुनौतीमा राजनितीक अतिवादी, विप्लव समुह, सिके रावत (फ्रि मधेस) र धार्मिक अतिवादीहरु रहेको बताएका छन् । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा उद्घाटन गर्न सुर्खेत आइपुगेका गृहमन्त्री थापाले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।

 

उनले विकास निर्माणमा ढिला सुस्ती गर्ने र काम छोडेर भाग्ने निर्माण व्यवसायीहरुलाइ समेत नछोड्ने दोहोर्‍याएका छन् । उनले भने 'ठेकेदारले सम्झौता र सहमती अनुसार काम गर्नुपर्छ, भनेको काम समयमा नगर्नु र गुणस्तर मा ध्यान नदिनु अपराध जस्तै हो हामीले त्यस्तालाई छोड्दैनौ ।'

 

गृहमन्त्री थापाले यातायात लगायत सबै क्षेत्रका सिन्डिकेट अन्त्य गर्ने बताएका छन् । सुन तस्करी काण्डका मुख्य अभियुक्त चूँडामणि उप्रेति ‘गोरे’ पक्राउ पर्नुलाई गृहमन्त्रीले ठूलो उपलब्धी भएको बताए । यसले तस्करीलाइ निमिट्यान्न पार्न मद्दत पुर्‍याउछ । लागु औषध नियन्त्रण समाजको मुख्य चुनौती रहेकोले यसको विरुद्धमा गृह प्रशासन खरो उत्रने उनले बताए ।


वीरेन्द्रनगरमा संचालन भएको सुरक्षा गोष्ठीमा गृह प्रशासन सुधार कार्ययोजना २०७४, मन्त्रालयद्वारा जारी ३७ बुँदे निर्देशन, मौसमी विपद्पछिको उद्धार, सुशासन प्रवर्द्धन र प्राप्त निर्देशनलाई पारदर्शी ढंगले सम्पादन गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

 

सुरक्षा गोष्ठीमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, गृहसचिव प्रेमकुमार राई, चारवटा सुरक्षा निकायका प्रमुखहरु कर्णाली प्रदेशका १० जिल्लाका ४ वटै सुरक्षा निकायका जिल्ला र प्रदेश सुरक्षा प्रमुखहरुको सहभागिता थियो ।

२०७५ जेठ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्