Birendranagar Municipality

अपांगता भएका व्यक्तिको सेवामा सरकारले जोड दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

सेरोफेरो
अपांगता भएका व्यक्तिको सेवामा सरकारले जोड दिनुपर्छ : अध्यक्ष तिमिल्सिना

१४ जेठ । राष्ट्रिसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शारिरिक रुपले अपांग समुदायको वृद्धि विकासमा सरकारले विशेष प्रथामिकता दिनुपर्ने बताएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपालले प्रकाशन गरेको नेपालमा पहिलोपटक बहिरा व्यक्तिहरुका लागि सांकेतिक भाषाको बृहत् शब्दकोष विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले अभिभावकले मात्र नभई सरकारले पनि प्रथामिकता दिनुपर्ने बताएका हुन् ।


अध्यक्ष तिमिल्सिनाले नेपाल सरकार अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि अभिभावक भएर उनीहरुको लालनपोषण र शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उहाँले सबै बहिरा तथा अपांगता भएका बालबालिकाको शिक्षा र भाषाको पहुँचमा पुर्‍याउन ७ सय ५३ स्थानीय तहमा सांकेतिक भाषाको प्रयोगको व्यवस्था गर्न सरकारसँग आग्रह समेत गरे ।


‘नयाँ संविधानले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘राष्ट्रियसभामा अपांगता व्यक्तिहरुको प्रतिनिधित्व नै भएको छ । यसमा बहिरा र दृष्टिबिहीनको पनि प्रतिनिधित्व हुन जरुरी छ ।’


तिमिल्सिनाले शारिरिक रुपमा अशक्त भएपनि देशले गर्व गर्नलायक नागरिक बनाउन सरकारले प्रथामिकता दिँदै अगाडि बढाउनुपर्नेमा जोड दिए । अर्को प्रशंगमा अध्यक्ष तिमिल्सिनाले नेपाल स्रोत साधनका कारणले नभई शासकले गर्दा पछाडि परेको बताए । अपांगता भएका व्यक्ति पनि समग्र देश नै विकास नहुँदा राज्यको पहुँचभन्दा बाहिर परेको हुनसक्ने बताउँदै अबका दिनमा सबै समुदायका जनतालाई समृद्ध बनाउनुपर्ने मा जोड दिए ।


उक्त अवसरमा उनले मोबाइल एप्लिकेशन, भिडियो तथा महासंघको वेबसाइटको पनि शुभारम्भ गरेका छन् ।

२०७५ जेठ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्