Birendranagar Municipality

पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन

सेरोफेरो/काठमाडौं

२० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ बर्षमा निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचाररत शाहीको आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

शाहीलाई श्वासप्रश्वास, मुटु, र मिर्गौलासम्बन्धी समस्या थियो ।

 

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए ।

 

उनको आजै पशुपति आर्यघाटका अन्तिम संस्कार गरिने छ ।

२०७५ जेठ २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्