Birendranagar Municipality

प्रधानमन्त्री द्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान शुरु

सेरोफेरो/काठमाडौं
प्रधानमन्त्री द्वारा ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान शुरु

जेठ २२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान शुरु गरेका छन् ।


विश्व वातावरण दिवशको अवसरमा आज सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले अभियानको सुरुवात गरेका हुन् । अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आज देशैभरी १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिने जानकारी दिए ।

 

“सबैले फलफूलका विरुवा रोप्ने अभियान चलाउनु पर्दछ” प्रधानमन्त्रीले भने “फलफूल रोपे हरियाली पनि हुन्छ । फल खानपनि पाइन्छ ।” फलफूलको बगैचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।


“समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हाँसिल गर्न फलफूल रोपण अभियानले पनि ठुलो सहयोग गर्नेछ” प्रधानमन्त्री ओलीले उक्त अवसरमा भने । सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल लगायत मन्त्री र सचिबहरुले समेत विभिन्न जातका फलफूलका विरुवा रोपेका छन् ।

 

२०७५ जेठ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्