२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले बृक्षारोपण गरेका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय तथा मुख्यमन्त्री निवास परिसरमा विभिन्न जातका फलफुलको विरुवा रोपेका हुन् । वृक्षारोपन कार्यक्रममा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया लगायतको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री शाहीले वृक्षारोपन कार्यक्रममा विगतमा पनि धेरै विरुवा रोपिएको तर त्यसवाट अधिकतम लाभ लिन नसकिएको वताउदै उत्पादनमा योगदान गर्ने विरुवा रोप्नुपर्ने धारणा राखे । उनले आँप, वेल लगायतका फलफुलका विरुवा रोपेका हुन् ।
“हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन” भन्ने नाराका साथ विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ ।
विश्वव्यापी रुपमा यो वर्षको दिवसमा जोखिममा रहेका सबै प्रजातिलाई भावी पुस्ताको लागि संरक्षण र वन्यजन्तुको अवैध व्यापार विरुद्ध शुन्य सहनशिलतामा जोड दिईएको छ ।
प्रतिकृया दिनुहोस्