२४ जेठ । जिल्ला जनस्वास्थय कार्यालय सुर्खेतको आयोजनामा यहि जेठ २७ गते देखी ३१ गते सम्म कुष्ठरोग निवारण अभियान सञ्चालन हुन लागेको छ । अभियानले जिल्लाका २० स्वास्थ्य चौकीमा कार्यक्रम संचालन गर्नेछ । जिल्लाका बिजौरा, सालकोट, लाटीकोईली, कटकुवा, साटाखानी, मेहेलकुना, मैनतडा, गुमी, लेखपराजुल, उत्तरगंगा लगाएतका बिस स्थानमा यो अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग निवारण अधिकृत गणेश गौतमले बताए ।
समुदायमा अज्ञातबस उपचारमा नआएका कुष्ठरोगका विरामी पत्ता लगाउने, समुदायमा जनचेतना जगाउने गरी कुष्ठरोग निवारण कार्यमा जनसहभागीता जुटाउने, रोग निदान भएका सबै बिरामीहरुलाई बहु औषधीय उपचार पद्धति बाट निश्चित अवधि भित्र उपचार पुरा गराउने र जिल्ला स्तरमा कुष्ठरोग निवारण गर्ने उदेश्य रहेको गौतमले जानकारी दिए । कुष्ठरोग निवारण अभियान कार्यान्वयन कार्यदलमा खोजकर्ताको टोलीले घरदैलोमा गएर तथ्याङ्ग संकलन गर्ने र रोग निवारण टोलीले उपचार गर्ने तथा सुपरिवेक्षण टोलीले जटिल खालका रोगहरुलाई निदान गर्नै कार्ययोजना रहेको समेत गौतमले गौतमले जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख मोहनप्रसाद देवकोटाले जटिल खालको यो रोग निवारणका लागी सञ्चालन गर्न लागीएको यो अभियानलाई सफल पार्नको लागी सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस्