२४ जेठ । कर्णाली प्रदेश सरकारले जनताहरुको गुनासो संवोधनको लागि हटलाइन सेवा सुरु गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विहिवार एक कार्यक्रमका विच हेलो मुख्यमन्त्री हटलाइन सेवाको शुभारम्व गरेका हुन् । अव प्रदेशका हरेक नागरिकहरुले निशुल्क १०९६ डायल गरी गुनासाहरु टिपाउन सक्ने छ । यसैगरी मुख्यमन्त्री शाहीले सरकारको आधिकारीक वइवसाइटको www.ocmcm.karnali.gov.np समेत शुरुवात गरेका छन् ।
हेल्लो मुख्यमन्त्री हटलाईन सेवाको सुभारम्भ संगै मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई फोन गरेर नरहरीनाथ गाउपालिका वडा नं. ९ कालिकोटका प्रेम सार्कीले आफनी आमा मना सार्कीको हत्यारालाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
यसैगरी रुकुम पश्चिम मुसीकोट नगरपालिकाका दिपक वाँठामगर त्रिभुवन जनता आधारभुत मावि र साना सहरी खानेपानी आयोजनाको निर्माण कार्यमा चरम लापरवाही भएको तथा वर्षौं देखि निर्माण कार्य अलपत्र रहेको गुनासो गरेका छन् ।
मुख्यमन्त्री शाहीले दुवैजनाले उठाएको समस्या नोटीस गर्दे सम्वन्धित निकायलाई समस्या सामाधानका लागि निर्देशन दिएका छन् । यस संगै अव जनताहरुको सिधा पहुच मुख्यमन्त्री संग हुने भएको छ ।
प्रतिकृया दिनुहोस्