Birendranagar Municipality

डेनमार्कदेखि डिस्को धाउन नेपालसम्मको यात्रा (हेर्नुहोस् भिडियो)

सेरोफेरो /काठमाडौं
डेनमार्कदेखि डिस्को धाउन नेपालसम्मको यात्रा (हेर्नुहोस् भिडियो)

२५ जेठ । केही समय पहिले नवकुसुम एल्मब सार्वजनिक गरेकी कुसुम दाहालले शुक्रवार भिडियो रिलिज गरेकी छिन् ।

 

उक्त एल्बममै समावेश ‘म त गोरी गोरी छु रे ...’ बोलको गीतलाई भविन्द्र नेम्वाङले लेखेका हुन् । कोपनहेगनमा लोकार्पण भएको एल्बमका पाँचै गीतमा भूपु पाण्डेको संगीत रहेको छ ।


निराजन प्रधान, आशा गौतम र कोरस फिचरिङ रहेको गीतलाई सिनेमा गीतका चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् । त्यस्तै सिनेमाटोग्राफर सौरभ लामाको छायाङ्कन रहेको छ ।


भिडियोमा भेरियसन दिन मिहिनेत गरिएको दाहालले बताएकी छिन् । डेनमार्क र नेपालका बालमन्दिर, दरबार मार्ग र डेजाभु क्लबमा छायांकन गरिएको गीत आकर्षक लाग्छ । दुई फरक फरक कोरस डान्सरहरुलाई फिचरिङ गरिएको गीत फिल्मी शैलीमा रेड क्यामराले खिचिएको छ भने सिनेमाकै भीएफएक्स र कलर ग्रेडिङ समेत गरिएको छ ।

 

परञ्जय फिल्मस्को निर्माणको संयोजनमा बनेको यो गीत दर्शकहरुलाई मन पर्ने गायिका कुसुमको विश्वास छ ।

२०७५ जेठ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्