२५ जेठ। मोबाइल बिना जीवन असम्भब सोच्छौं हामी । हुनपनि मोवाइलले दैनिक जीवनका धेरै काम सजिलो बनाइदिएको छ । तर खतरा पनि उत्तिकै उत्पन्न गरेको छ ।
हालै भारतको मुम्बईमा रहेको एक रेस्टुराँमा एक व्यक्तिको शर्टको खल्तीमा रहेको मोबाइल अचानक पड्कियो । लन्च टाइममा भीडभाड भएको बेलामा मोबाइल पड्किएपछि नजिकका टेबलमा बसेका मान्छेहरु पनि त्रसित भएका थिए । उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।
खाना खाइरहेको बेलामा उक्त व्यक्तिको शर्टको गोजीमा रहेको मोबाइलबाट धूवाँ निस्कन थाल्यो । त्यसपछि मानिसको भागाभाग भयो ।
प्रतिकृया दिनुहोस्