२५ जेठ । नायिका रेखा थापा पछिल्लो समय फिल्म भन्दा पनि एउटा महाअभियानमा जुटेकी छन् । समाजका कुरीति र गलत प्रवृत्तिका विरुद्धमा फिल्म खेल्ने र निर्माण गरीरहेकि रेखा छोरीका लागी स्वर्णीम अभियानमा देशका विभिन्न ठांउमा पुगिरहेकी छन् ।
यहि अभियान अन्तर्गत सुर्खेतका बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई उनले छोरा र छोरीमा परिवार र समाजले गर्ने विभेदको बारेमा प्रशिक्षण दिँदै आएकी छन् । बिहिबार वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को आयोजनामा शिव उच्च माध्यामिक विद्यालयमा भएको एक कार्यक्रममा बोल्दै भनिन् ‘महिलालाई सरकार वा अन्य निकायले दिने आरक्षण कोटाको विरोध गर्नु पर्दछ ।’
‘विद्यालय पढ्दा केटीलाई भनेर छुट्टै नम्मरको व्यवस्था गरेर शिक्षकले पास गराउंछन् ?’ उनले छात्राहरुलाई उल्टै प्रश्न गरिन् । गराउंदैनन् भन्ने छात्राहरुको जवाफपछी उनले थप प्रष्ट्याइन् ‘त्यसो भए विद्यार्थीकाल देखी केटाहरुसंग खुल्ला प्रतिस्प्रर्धा गर्दै आएको हो भने किन जागीरका लागी हामी महिलालाई कोटा चाहियो ? कोटा प्रणालीको विरोध गर्नुपर्दछ ।’
‘परिवारले छोरालाई र छोरीलाई ठुलो विभेद गर्छन् । छोरीलाई घरबाहिर जान बन्देज गरेपछि कसरी हुन्छ छोरीहरुको प्रगती ? नायिका थापाले परिवारलाई छोरीलाई शुन्दरतासंग नभई कामसंग तुलना गर्न सिक्नुपर्ने बताइन् । ‘छोरीलाई अवसरबाट बञ्चित गरेर वालविबाह गराईदिने आमाबाबु अपराधि हुन् । जसले छोरीको जिवन संधै नर्क हुन्छ ।’
प्रशिक्षक नरबहादुर कार्कीले पनि विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
प्रतिकृया दिनुहोस्