सेरोफेरो
२ जेठ, सुर्खेत । बैशाख ३१ मा प्रदेश नं. ३, ४ र ६ मा सम्पन्न स्थानिय तहको निर्वाचनको परिणाम आइरहेको छ । मंगलबार दिउंसो १२ बजे सम्म नेपाली कांग्रेस पहिलो र नेकपा एमालेले दोस्रो स्थानमा विजेता हासिल गरेका छन् । नेकपा माओवादी केन्द्रले तेस्र्रो स्थान हासिल गरेको छ ।
२३ वटा स्थानीय तहको नतिजामा कांग्रेसले ९, एमालेले ७ र माओवादीले अहिलेसम्म ६ स्थानमा जितेको छ । स्वतन्त्र उम्मेदवार एउटा स्थानीय तहको अध्यक्षमा विजयी भएका छन् ।
हालसम्मको नतिजा
कांग्रेसले जितेका स्थानीय तह
कुशे गाउँपालिका, जाजरकोट
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
थासाङ गाउँपालिका, मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
बुङदीकाली गाउँपालिका, नवलपरासी
डुंगेश्वर गाउँपालिका, दैलेख
एमालेले जितेका स्थानीय तह
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
चामे गाउँपालिका, मनाङ
माओवादी केन्द्रले जितेका स्थानीय तह
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
हिमा गाउँपालिका, जुम्ला
गुठचौर गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम
स्वतन्त्रले जितेको स्थानीय तह
तेञ्जोङ छिरिङ, मुस्ताङ
प्रतिकृया दिनुहोस्