२७ जेठ । आइतवार दिउसो चट्याङ लागेर २ जना विद्यार्थिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । चिङ्गाड गाउँपालिका वडा नम्वर ४ सुर्खेतको धनपानी प्राविमा अध्ययनरत विद्यार्थिहरुको मृत्यु भएको हो ।
यसै विद्यालयमा कक्षा २ मा अध्ययनरत ६ वर्षिया निर्मला चन्द र वर्ष ६ का अमर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । यसैगरी घाइते हुनेमा वर्ष ५ का दुर्पता चन्द, वर्ष ९ का निरुता चन्द, वर्ष ६ का लक्ष्मी चन्द, वर्ष ४ का ताराकुमारी चन्द र वर्ष ४ का शुरेस चन्द रहेका छन् ।
दिउसो करिव १२ बजे विद्यालय नजिकको सल्लाको रुखमा चट्याङ परेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्