सेरोफेरो
२ जेठ सुर्खेत । डोल्पा र मुस्ताङ जिल्लाका सबै स्थानिय तहको मतगणनाको अन्तिम परिणाम आइसकेको छ । दुवै जिल्लाको १० वटा स्थानिय निकायमा ४ स्थानमा एमालेले विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ३, माओवादी केन्द्रले २ र १ स्थानमा स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।
जस अन्तर्गत डोल्पा जिल्लाको पाँच वटा स्थानिय निकायमा ३ वटामा एमाले र २ वटामा माओवादी केन्द्रले विजय गरेको छ । मुस्ताङमा ३ वटा तहमा कांग्रेस, १ वटामा एमाले र १ तहमा स्वतन्त्रले विजय हासिल गरेको छन् ।
स्थानिय तह र विजयी उम्मेदवारहरु
डोल्पा
ठूली भेरी नगरपालिका –गणेश बहादुर शाही, नेकपा एमाले
शे–फोक्शुण्डो गाउँपालिका –तुसी तुण्डुप गुरुङ, नेकपा एमाले
काइके गाउँपालिका –अंगत राना, नेकपा एमाले
मुड्केचुला गाउँपालिका –दत्त बहादुर शाही, माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका –नरसिंह रोकाय, माओवादी केन्द्र
मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका –फेन्चोक थप्चेङ गुरुङ, नेपाली कांग्रेस
थासाङ गाउँपालिका –बुद्धिप्रसाद शेरचन, नेपाली कांग्रेस
लोमन्थाङ गाउँपालिका –सुवर्ण कुमार विष्ट, नेपाली कांग्रेस
घरपझोङ गाउँपालिका –आशबहादुर थकाली, नेकपा एमाले
डालोमे गाउँपालिका –लोप्साङ छोम्फेल विष्ट, स्वतन्त्र
प्रतिकृया दिनुहोस्