२८ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महिलालाई ‘कोचिङ् क्लास’ दिनुपर्ने बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले महिलाहरु आँफु कार्यक्रम पनि लिएर आउन नसक्ने र महिला अधिकार मात्रै भनेर कुरा गर्ने गरेकोले उनीहरुलाई क्लास दिनुपर्ने बताएका हुन् ।
‘महिलाको मनोवल कमजोर छ । प्रशिक्षण दिएर महिलाहरुको व्यक्तित्व विकास गर्न जरुरी छ ।’ उनले भने । कमजोर मनस्थितिका कारण महिलाहरुले आत्महत्या गर्दै आएको पनि उनले बताए ।
कार्यक्रममा उनले युवालाई विभिन्न सिपमुलक तालीमको आवश्यकता भएको उनको भनाई थियो । मोबाईलको गेम र रक्सी, चुरोटको दलदलबाट माथी उठाएर उनीहरुलाई सिपमुलक तालीम दिई रोजगार बनाउने कर्णाली सरकारको लक्ष्य रहेको बताए ।
यसैगरी मुख्य मन्त्री शाहीले कर्णाली सरकारले समयको ख्याल गरी विकासका हरेक क्रियाकलापको गुरुयोजना बनाएर अगाडि बढ्ने बचन दिए ।
आगामी बजेटले प्रदेशका विभिन्न समस्यालाई सम्बोधन गर्ने पनि उनले आश्वासन दिए ।
प्रतिकृया दिनुहोस्