Birendranagar Municipality

हुम्लामा विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलनको घोषणा

रत्न भण्डारी (रबिन) /हुम्ला
हुम्लामा विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा आन्दोलनको घोषणा

२९ जेठ । हुम्लाको सिमकोटमा उडान गर्ने बिभिन्न विमान कम्पनीहरुले जेठ १० गते बाट भाडा बढाएको विरोधमा हुम्लाको नागरिक समाजले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

 

सिमकोटबाट नेपालगन्ज सम्मको भाडादर ५ हजार २ सय ९० बाट ७ हजार १ सय ९० रुपैयाँ कायम गरिएपछि विरोध जनाइएको उधोग बाणीज्य संघ हुम्लाका अध्यक्ष नामज्ञल तामाङले बताए ।


पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत् जेठ २९ गते जिल्लाका सबै स्थानीय तहका कार्यालयहरुमा धर्ना, ३० गते जिल्ला प्रशासन कार्यालयमा धर्ना र ३१ गते सिमकोट बजार बन्द गरीने छ । असार १ गते नागरिक उड्डयन कार्यालय सिमकोटको गेटमा धर्ना दिने र असार २ गते नागरिक उड्डयन कार्यालय सिमकोट बन्द गर्ने लगाएतका कार्यक्रम रहेको तामाङले जानकारी दिए ।


पटक पटक हिमाली जिल्ला हुम्लामा पुरानै भाडा कायमको लागी जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र पेश गरेको भए पनि त्यसको कुनै सुनुवाई नहुँदा आफुहरु आन्दोलन गर्न बाध्य भएको नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष मिमसिह नेपालीले बताए ।

 

आन्दोलनकारीहरुले पहिलो चरणमा माग सम्बोधन नगरिए दोस्रो चरणको आन्दोलन अन्तर्गत सिमकोट बिमान स्थलमा ढुडंगा मुढा गर्ने चेतावनी समेत दिएका छन् ।

२०७५ जेठ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्