२९ जेठ । कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशी लाई प्रधानन्यायाधीशमा नियुक्तिको लागि सिफारिस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका हुन्।
गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ। जोशीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा न्यायालयको नेतृत्व गर्दै आएका थिए।
प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ।
संवैधानिक परिषद् बैठकले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने छ।
संसदीय सुनुवाइ समितिमा छलफल भइ पास भएमा न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने छिन्। हाल सम्म संसदको कार्यसञ्चालन नियमावली नबनेका कारण संसदीय सुनुवाइ समिति पनि अहिलेसम्म गठन भएको छैन।
प्रतिकृया दिनुहोस्