३० जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीविरुद्धको अदालतको अवहेलना मुद्दा दरपीठ गरेको छ । अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाइ विपक्षी बनाइ उजुरी लिएर अदालत जाँदा दर्ता गर्न अस्वीकार गरेको छ ।
ज्यान मुद्दामा कैद सजाय भोगिरहेका बालकृष्ण ढुंगेलको कैद मिनाहा गरी अदालतको अवहेलना गरेको आरोप लगाएको छ । सर्वोच्चका सहरजिष्टार नारायण पन्थीका अनुसारढुंगेलको कैद मिनाहासम्बन्धी अदालतमा अर्को रिट कारबाहीयुक्त नै रहेकाले अर्को दर्ता गर्न नमिल्ने ठहर गरेको जनाए। बालकृष्णकै कैद मिनाहाकै विषयमा अधिवक्ता दिनेश त्रिपाठीले जेठ १० गते रिट दायर गरेका थिए ।
अधिवक्ता भण्डारीले बालकृष्ण ढुंगेलको कैद मिनाहा गरेर सरकारले सर्वोच्च अदालतबाट भएको आदेशको पालना नगरेकाले सम्मानित अदालतको अवहेलना भएको दावी सहित अदालत पुगेका थिए ।
प्रतिकृया दिनुहोस्