१ असार । सडक दुर्घटना न्युनीकरणमा ट्राफीकको मात्रै ठेक्का नभको आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । शुक्रबार प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले भेरीगंगा नगरपालीका छिन्चुमा आयोजना गरेको प्रदेश स्तरिय एक दिवासीय ट्राफीक प्रहरी सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले भने ‘सडक दुर्घटना न्युनीकरणमा ट्राफीक प्रहरीको मात्रै ठेक्का हुंदैन । आम जनता र चालक पनी सचेत हुनुपर्छ । कर्णालीको बाटोलाई धेरै सवारीसाधन दुर्घटना हुने भन्दै मृत्यृमार्गको संज्ञा दिएपनी अब कर्णालीका सडक जिवन प्रदायक हुन् ।’
प्रचुर सम्भावना बोकेको कर्णाली प्रदेशका विभीन्न पर्यटकिय स्थलमा घुम्न आउने पर्यटकहरुको संङ्ख्याले पनी कर्णाली सडक सुरक्षित भएको संकेत गर्दछन्’ सवारी साधन दुर्घटनामा चालक र ट्राफिक प्रहरी मात्रै दोषी होइन् सडक प्रयोग कर्तापनी उत्तिकै जिम्मेवार हन्छन् भन्दै उनले आम नागरिक पनी सचेत हुन आग्रह गरेका छन् ।
उनले थपे ‘ सडकमा दुर्घटना कम गर्नको लागी प्रहरीको ठुलो भुमीका हुन्छ । दुर्घटनाको दोष टा«फीक प्रहरीलाई मात्रै दिने प्रवृत्ति राम्रो होईन एकपटक हामी सबै प्रहरी बन्नु आवश्यक छ ।’ प्रमुख अथितिसमेत रहेका मन्त्री भण्डारीले सडक दुर्घटना न्युनीकरणमा आम नागरिक समेत सचेत हुनुपर्ने बताएका छन् ।
सम्मेलनमा बोल्दै प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख शुरेसविक्रम शाहले नेपालको बाटोविकासमा डोजर ईन्जिनियरिङ्ग भएको बताएका छन् । सर्बेक्षण गरेर सडकको स्तरोन्नती गर्ने भन्दापनी मनोमानी ढंगले निर्माण गरिने सडकका कारण सडक दुर्घटना हुने गर्दछ ।
कार्यक्रममा शिक्षक, विद्यार्थी र नागरिकको सहभागीता रहेको थियो । शारदा माध्यामीक विद्यालयमा भएको कार्यक्रममा विद्यार्थी र शिक्ष्ँक, राजनितिक दल, नागरिकहरुलाई ट्राफीक नियमबारे जानकारी दिईएको थियो ।
प्रतिकृया दिनुहोस्