Birendranagar Municipality

दुर्गम ठाउँमा आधुनिक सहर विकास गर्नुहोस् : प्रधानमन्त्री ओली

सेरोफेरो/काठमाडौं
दुर्गम ठाउँमा आधुनिक सहर विकास गर्नुहोस् : प्रधानमन्त्री ओली

१ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले दुर्गम ठाउँहरुमा पनि आधुनिक सहर विकास गर्न व्याबशायीहरुलाई आग्रह गरेका छन् । ७ औं घर जग्गा मेला २०७५ को आज भृकुटी मण्डपममा उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । 

 

खेतीयोग्यजमिन टुक्र्याएर घर आवास बनाउने नभइ त्यसमा खेती नै गर्नु पर्ने र खेतीनहुने स्थान आवासका लागि प्रयोग गर्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
“ठुला प्लटमा एकै प्रकारको खेतीगर्नुपर्दछ” प्रधानमन्त्रीओलीले भने “जग्गाको अनावश्यक खण्डिकरण रोक्नु पर्दछ ।”

 

सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माणको योजना बनाएको बताउदै ओलीले भने “सरकारले नीति बनाइदिने हो सहरको निर्माण व्यावशायीले गर्ने हो ।”सुर्खेत, दाङ, लुम्बिनीमा पनि आधुनिक सहर विकास गरिने प्रधानमन्त्रीओलीको भनाइ छ ।

 

१ असार २०७५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्