Birendranagar Municipality

जुम्लामा सम्वन्ध विच्छेदका मुद्धा बढ्दै

शुभाकर विश्वकर्मा/जुम्ला
जुम्लामा सम्वन्ध विच्छेदका मुद्धा बढ्दै

१ असार । जुम्ला जिल्लामा सम्वन्ध विच्छेद गर्नेको संख्या बढेको पाइएको छ । जुम्ला जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४/७५ मा कुल ९६ वटा मुद्धा दर्ता भएका छन् । कुल मुद्धा मध्ये ३८ ओटा सम्बन्ध विच्छेदका मुद्धा रहेको जिल्ला अदालत जुम्लाले जानकारी दिएको छ ।

 

यो संख्या जम्मा मुद्धाको झण्डै ४० प्रतिशत हुने अदालतले जनाएको छ । उमेर नपुग्दै विवाह गर्ने, उमेर पुगेपछि पहिलो विवाह प्रति मन मारेर दोस्रो विवाह गर्ने र अन्य विविध कारणले पनि सम्वन्ध विच्छेदका घटना बढेको अधिवक्ता देवेन्द्र शर्माले बताए ।

 

अहिलेसम्म अंशसहितका १६ वटा मुद्दा मध्ये ६ वटा फैसला भइससकेका छन् भने अन्य मुद्दाको फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ । अंश रहितका जम्मा २२ वटा मुद्दा मध्ये १३ वटाको फैसला भइसकेको छ भने बाँकी ९ वटा मुद्दाको फैसला हुने क्रममा रहेको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार इन्द्रकुमार खड्काले सेरोफेरोलाइ जानकारी दिए ।

 

अंशसहित र अंशरहित गरी दुई प्रकारका सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत जुम्लाले जनाएको छ । आवश्यक प्रमाण अभावका कारण केही मुद्दाको फैसलामा ढिलाई भएको श्रेस्तेदार खड्काले जानकारी दिए ।

२०७५ असार १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्