Birendranagar Municipality

बजेटको विरोध नगर्न नेकपाका सांसदहरुलाइ प्रधानमन्त्रीको निर्देशन

सेरोफेरो/काठमाडौं
बजेटको विरोध नगर्न नेकपाका सांसदहरुलाइ प्रधानमन्त्रीको निर्देशन

२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटको चर्को आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेको ओलीले नेकपाका सांसदहरुलाइ बजेटको पक्षमा उभिन र अनावश्यक विरोध नगर्न निर्देशन दिएका हुन् ।

 

नेकपाका सांसदहरुले बजेटको चर्को आलोचना गरेपछि प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलायर सरकारले ल्यायको बजेटको बचाउ गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने 'सवै विरोध नै गुर्नपर्ने कार्यक्रमहरु त छैन होला, धेरै त राम्रा कार्यक्रम छन् विरोध मात्रै गरेर समस्याको समाधान हुँदैन ।'

samsadiyadal2

उनले परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई आग्रह गरेकमा छन् । उनले बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविश्यमा छलफल मार्फत सच्याउँदै र थप्दै लैजान सकिने आश्वासन दिएका छन् ।

 

सांसदहरुले बजेटमा मन्त्री र ठुला नेताहरुका योजनाहरु धेरै समेटिएको आरोप लगाउदै आएका छन् ।

२०७५ असार २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्