Birendranagar Municipality

राष्ट्रिय सभामा गोलाप्रथा: अध्यक्षलाई ६, उपाध्यक्षलाई ४ र अर्थमन्त्रीलाई २ बर्षको चिट्ठा (सूचीसहित)

सेरोफेरो
राष्ट्रिय सभामा गोलाप्रथा: अध्यक्षलाई ६, उपाध्यक्षलाई ४ र अर्थमन्त्रीलाई २ बर्षको चिट्ठा (सूचीसहित)

४ असार । राष्ट्रिय सभाका सदस्यको पदावधिका लागि गोलाप्रथा भएको छ । संवैधानिक प्रवधान अनुरुप उनीहरुको पदावधी गोलाप्रथाबाट निश्चित गरिएको हो ।

 

संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ। प्रदेशगत रूपमा विजयी भएका ५६ तथा राष्ट्रपतिबाट मनोनित ३ गरी ५९ जना सदस्यको पदावधिका लागि सोमबार गोलाप्रथा गरिएको हो।

 

गोलाबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाको पदावधि ६ वर्ष भएको छ भने उपाध्यक्ष शशिकला दाहाललाई ४ वर्षको चिठ्ठा परेको छ। अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको पदावधि भने २ बर्ष भएको छ ।

 

चर्चित गायिकासमेत रहेकी राष्ट्रिय सभा सदस्य कोमल वलीले ४ वर्ष पदावधी भएको गोला तानेकी छन् । गृहमन्त्री रामबहादुर थापा बादललाई भने ६ बर्षको चिट्ठा परेको छ ।

 

राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको थियो ।

 


राष्ट्रिय सभा सदस्यको पदावधी
२ बर्ष

महिला

मिना बुढा (नेकपा)
युटोल तामाङ (नेकपा)
कमला कुमारी ओली (नेकपा)
सरिता प्रसाई (काँग्रेस)
मुक्ताकुमारी यादव (काँग्रेस)
धनकुमारी खतिवडा (काँग्रेस)
विन्दा देवी आले (काँग्रेस)

 

दलित
खेमराज नेपाली (नेकपा)
रामपृत पासवान (फोरम)

 

अपाङ्ग/अल्पसंख्यक
राजकुमार कुवर (नेकपा)
बृषेशचन्द्र लाल (रजपा)

 

खुला
हरीचरण शिवाकोटी (नेकपा)
बलराम प्रसाद बाँस्कोटा (नेकपा)
कालीबहादुर मल्ल (नेकपा)
सुरेन्द्रराज पाण्डे (काँग्रेस)
दुर्गाप्रसाद उपाध्याय (काँग्रेस)
बद्री प्रसाद पाण्डे (काँग्रेस)
रमेश प्रसाद यादव (राजपा)

 

मनोनित
डा. युवराज खतिवडा (नेकपा)

 

४ बर्ष
महिला
नैनकला ओझा (नेकपा)
शशिकला दाहाल (नेकपा)
उदया शर्मा (नेकपा)
शान्ति कुमारी अधिकारी जिसी (नेकपा)
कोमल वली (नेकपा)
कविता बोगटी (नेकपा)
तारादेवी भट्ट (काँग्रेस)

 

दलित
रामलखन चमार (नेकपा)
चक्रप्रसाद स्नेही (नेकपा)

खिमकुमार विक (नेकपा)

 

अपाङ्ग/अल्पसंख्यक
अगम प्रसाद वान्तवा राई (नेकपा)
जीवन बुढा (नेकपा)

 

खुला
परशुराम मेघी गुरुङ (नेकपा)
सुमन राज प्याकुरेल (नेकपा)
दिनानाथ शर्मा (नेकपा)
चन्द्रबहादुर खड्का (नेकपा)
ठगेन्द्र प्रकाश पुरी (नेकपा)
शेरबहादुर कुँवर (नेकपा)
राधेश्याम अधिकारी (काँग्रेस)

 

मनोनित
रामनारायण विडारी (नेकपा)

 

६ बर्ष
महिला
विना पोखरेल (नेकपा)
दिल कुमारी रावल थापा (नेकपा)
दिपा गुरुङ (नेकपा)
नन्दा चपाई (नेकपा)
इन्दु कडरीया (नेकपा)
अनिता देवकोटा (काँग्रेस)
प्रमिला कुमारी (फोरम)

 

दलित
सिंगबहादुर विश्वकर्मा (नेकपा)
नरपति लुवार (नेकपा)

 

अपाङ्ग/अल्पसंख्यक
महेशकुमार महरा (नेकपा)

रामचन्द्र राई (नेकपा)
प्रकाश पन्थ (काँग्रेस)

 

खुला
रामबहादुर थापा मगर (नेकपा)
गणेश तिमिल्सेना (नेकपा)
खिमलाल भट्टराई (नेकपा)
भैरवसुन्दर श्रेष्ठ (नेकपा)
हरिराम चौधरी (नेकपा)
रमेशजंग रायमाझी (काँग्रेस)
जितेन्द्र नारायण देव (काँग्रेस)

 

मनोनित
डा. विमला पौड्याल (नेकपा)

२०७५ असार ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्