Birendranagar Municipality

मत बराबर भएपछि..

सेरोफेरो
२ जेठ, सल्यान । ढोरचौर गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्षको मत बराबर भएपछि गोलाप्रथाबाट अध्यक्ष चयन गरिएको छ ।


नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले तीन सय २१ मत प्राप्त गरेपछि गोलाप्रथा गरिएको थियो ।


गोलाप्रथाबाट काँग्रेसका दिनेश विएम विजयी भएका छन् । अध्यक्ष बाहेक सबै सदस्य पदमा एमालेका उम्मेदवारहरुको जित भएको छ ।

 

साथै ढोरचौर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार नरवीर चलाउनेलाई तीन सय ८७ मतले पराजित गर्दै एमालेका चित्र बहादुर चलाउनेले जित हासिल गरेका हुन । उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका थिए ।


यसैगरी माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्षमा एमालेकै पुष्पा बोहोरा विजयी भएकी छन् ।

 

ढोरचौर गापाको वडा नम्वर १ र २ का अध्यक्ष पदमा भने माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

 

(पत्रकार मीना बुढाथोकीको सहयोगमा)

 

२०७४ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्