६ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७४ को नतिजा अबको एक हप्ता भित्र सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
हप्ता दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
नतिजाका लागि कम्तिमा पाँच दिन पर्खनु पर्ने उनले बताएका छन् । गएको चैतमा भएको एसइइ परीक्षामा देशभरबाट ४ लाख ८५ हजार भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।
प्रतिकृया दिनुहोस्