Birendranagar Municipality

अदालतले फैसला गरेको २६ वर्ष पछी दोषि पक्राउ

सेरोफेरो/सुर्खेत
अदालतले फैसला गरेको २६ वर्ष पछी दोषि पक्राउ

६ असार । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले २६ वर्ष पहिले अदालतले दोषि ठहर गरेको व्यक्तिलाई पक्राउ गरेको छ ।


साविकको छाप्रे गाविस वडा नम्बर ४ कि जैसरा भन्ने लाल कामीलाई बुधबार प्रहरीले गुटुबाट पक्राउ गरेको हो ।


हाल सामान्य गृहणीको रुपमा रहेकी उनलाई २०४९ मंसीर १६ गते जिल्ला अदालत सुर्खेतले कर्तव्य ज्यान मुद्दा अन्तर्गत २० वर्ष कैद फैसला गरेको थियो ।


निज कामीलाई आजै अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरिक्षक सुसोभन श्रेष्ठले सेरोफेरोलाई जानकारी दिए ।

२०७५ असार ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्