Birendranagar Municipality

कर्णालीमा निर्वाचनको समीक्षाः मतदाता शिक्षाको अभाव भयो–मुख्य मन्त्री, दलहरुले आफूखुशी निर्वाचनको मिति तोक्दा अप्ठेरो–आयोग

सेरोफेरो/सुर्खेत
कर्णालीमा निर्वाचनको समीक्षाः मतदाता शिक्षाको अभाव भयो–मुख्य मन्त्री, दलहरुले आफूखुशी निर्वाचनको मिति तोक्दा अप्ठेरो–आयोग

६ असार । निर्वाचन आयोगले कर्णाली प्रदेशमा यसअघि सम्पन्न गरिसकेका निर्वाचनको समिक्षा गरेको छ । बुधवार कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्वाचनलाई धाँधलीरहित बनाउनको लागी निर्वाचन आयोगको महत्वपुर्ण भुमीका रहेको बताएका छन् ।


उनले भने ‘भौगोलिक बिकटता बोकेको कर्णाली प्रदेशले कठिन परिस्थितीमा पनि निर्वाचन सम्पन्न गरेकोमा विभिन्न निकायलाई धन्यबाद दिनै पर्छ तर मतदान शिक्षाको अभावले धेरै मत बदर भए यसमा आयोगको ध्यान जाओस् ।’

 

निर्वाचन आयोगका आयुक्त सुदिपकुमार शाहले भने सरकारले आफ्नो अनुकुलमा निवार्चनको मिति तोक्ने गरेकोले आयोगलाई समस्या भएको बताए । जतीबेला आफुंले जित्ने अबस्था आउंछ त्यतिबेला मात्रै निर्वाचनको मिति तोक्ने परम्मपराले निर्वाचन आयोग अप्ठ्यारोमा परेको उनको दुखेसो छ । भजे ‘सरकारले निर्वाचनको मिति तोक्ने होईन, निर्वाचन सम्पन्न गराउने निकाय निर्वाचन आयोगलाई यो जिम्मा दिईनुपर्दछ ।’


प्रदेश सांसद धर्मराज रेग्मीले निर्वाचनमा सबैभन्दा धेरै समस्या कानुनमा भएको धारणा राखे । संवैधानिक रुपमा वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने रेग्मीको भनाई थियो ।


त्यसैगरी सांसद गुलाबजङ्ग शाहले भड्किलो र खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गरी आाधुनीक तरीकाले निर्वाचन सम्पन्न गर्ने खालको रणनिती ल्याउन आयोगलाई सुझाब दिएका छन् । त्यस्तै ईन्सेकका नारायण सुवेदिले सबै मतपत्रमा प्रयोग गरिने रङ्ग उस्तै भएकोले मतदाता झुक्किने बताएका छन् । 

 

दुईदिन सम्म चल्ने निर्वाचन समिक्षा कार्यक्रममा सम्पन्न भएका तिनै तहका निर्वाचनको समिक्षा र आगामी दिनमा निर्वाचनलाई अझ शान्तिपुर्ण र धाधलीरहित बनाउनको लागी के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने छ ।

 

छलफलमा विभिन्न जिल्लाका न्यायाधिस, सुरक्षा निकायका प्रमुख, सांसद, विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आयोगले निर्वाचन सम्पन्न गर्न अपनाएको रणनितिका बारेमा जानकारी समेत दिएको थियो ।

२०७५ असार ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्