Birendranagar Municipality

लक्ष्मीले 'आत्महत्या' गरेकी हुन् : प्रहरी

सेरोफेरो

७ असार । वीरेन्द्रनगर ९ स्थित करिब ४५ वर्षीय लक्ष्मी थापाको हत्या नभई आत्माहत्या भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख उमाप्रसाद चर्तुवेदीले बताएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनका अनुसार गत बैशाख ४ गते करिब १० बजेतीर लक्ष्मीले आंफै विष पीएर उनको मृत्युभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैले प्रहरीको छानबिनमा विश्वास गर्न आग्रह गर्दछु । उनले भने ‘बुधबार मृतकका दाईहरुले पत्रकार सम्मेन गरी प्रहरीले छानबिन नगरेको र प्रहरी माथीनै शंका गरेकोले बिहीबार प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी घटनाबारे जानकारी दिन बाध्य भएको हो ।’


लक्ष्मीको कसैले हत्यानै गरेको भए हामी अझैपनी कारैवाहि गर्न तयार छौ । हत्यानै भएको ठोस प्रमाण भने हुनैपर्छ । उनले थपे‘ अनुसन्धान अझै जारी छ । दुईवर्षसम्म पनी ठोस प्रमाण भेटियो भने हामी दोषीलाई कार्रवाहि गर्दछौ । मृतक लक्ष्मीको शरिरमा कुनै घाउचोट पटक नलागेको र घटनास्थलबाट विष(नुवानको )बट्टा फेला परेकोले यो हत्या नभई आत्महत्या नै हो ।


यसमा के कती कारणले लक्ष्मीले आत्महत्या गरिन् भन्ने थाहा छैन तर केहि पारिवारिक असमझदारीबाट आत्महत्या भएको हुनसक्ने प्रहरीको शंका छ । उनका अनुसार डाक्टरको रिपोर्टमा समेत विष पिएर आत्महत्या गरेको प्रमाण छ । त्यसैले प्रहरीको छानविनमा कुनै कमि भएन । केन्द्रबाट व्युरो प्रहरी टोली आएर समेत घटनाको छानबिन गरेर गएको छ । यसमा कुनै शका छैन । लक्ष्मीको हत्या होईन आत्महत्या नै हो प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदिले भने । उता मृतक लक्ष्मी थापाका दाई मिनबहादुर थापाले भने लक्ष्मीको हत्या उनकी छोरी र श्रीमान् मिलेर गरेको आशंका गरेका छन् ।

२०७५ असार ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्