Birendranagar Municipality

अर्जेन्टिनाको लजास्पद हारले समूह चरण पार गर्न कठिन, क्रोयसिया अघिल्लो चरणमा

एजेन्सी
अर्जेन्टिनाको लजास्पद हारले समूह चरण पार गर्न कठिन, क्रोयसिया अघिल्लो चरणमा

८ असार । अर्जेन्टिनाले क्रोयसियासँग लजास्पद हार बेहोरेको छ । समुहको दोश्रो खेलमा ३–० ले पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्युन भएको छ ।

 

पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बरारी खेलेका अर्जेन्टिना क्रोयासियासँग २–० ले पराजित भएको हो । अर्जेन्टिनाका गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै पहिलो र तेश्रो गोल गरेको क्रोयसियाले दोश्रो गोल डिफेन्डरको कमजोरिको फाइदा उठायो ।

 

दोश्रो हाफको ५३ औं मिनेटमा एन्टे रेविचले गोल गर्दै क्रोयसियालाई अग्रता दिलाए । लुका मड्रिचले ८० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ९१ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै फराकिलो जीत दर्ता गरे ।

 

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोश्रो हाफको सूरुमै क्रोयसियाले अग्रता बनायो ।

 

यो हारसँगै अर्जेन्टिनाको अघिल्लो चरणको संभावना कमजोर बनेको छ । यो समुहबाट क्रोयसिया अघिल्लो चरण प्रवेश गरेको छ भने, आइसल्याण्डको एक खेलबाट एक अंक छ ।

 

उसले शुक्रबार नाइजेरियासँग खेल्दैछ । यो खेल जितेर आइसल्याण्डले क्रोयसियासँग बराबरी गरेपनि अघिल्लो चरण जाने छ । र हारे पनि उसको अघिल्ले चरणको संभवना कायमै हुने छ । तर यो अवस्थामा अर्जेन्टिनाले भने अघिल्ले चरणका लागि आइसल्याण्ड हारे पनि फराकिलो गोलअन्तरले पराजित गर्नु पर्ने छ ।

 

समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया तथा क्रोयसियाले आइसल्याण्डसँग खेल्दै छ ।

 

२०७५ असार ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्