८ असार । ‘सिस्टर’ रोसीतालाई भेटेपछी कर्णाली प्रदेशका सांसद देवी ओलीले भनिन्, ‘मदर टेरेसाको बारेमा पढेको मात्रै थिएँ । आज सुर्खेतमा भेटें ।’
भारतको केरलामा सम्पन्न परिवारमा जन्मिएकी रोसीता नेपाल नाजेरथ सोसाइटीको संयोजक हुन । युवा अवस्थादेखि नै समाजसेवामा जीवन विताइरहेकी उनी १८ वर्षदेखि सुर्खेतमा शिक्षा, स्वास्थ्य, महिला जागरण र आयआर्जनको क्षेत्रमा काम गरीरहेकी छन् ।
शुक्रबार ६ महिने सीप तथा सशक्तिकरण तालिमको समापन समारोहमा सांसद ओलीले रोसिताको सामाजिक काम प्रति खुलेरै प्रशंसा गरिन् । भनिन्‘ सिस्टर रोसिताले गरेको कामको सर्वत्र चर्चा गरौं र अरुलाई पनि यस क्षेत्रमा काम गर्ने प्रेरीत गरौं ।’
१८ वर्ष देखि यस्तो तालिम चलाइरहेको नवज्वतिले हालसम्म ३६ वटा समुहलाई तालिम दिइसकेको नवज्वति केन्द्रका फिल्ड सुपरभाइजर जर्माया बाँठाले जानकारी दिइन । उनका अनुसार यस पटकको तालिममा अछाम, दैलेक, कैलाली, बर्दिया, सुर्खेत, जाजरकोट, अर्घाखाँची लगाएतका जिल्लाबाट ३२ जना सहभागी थिएँ ।
यस तालिममा महिलाहलाई मानविय कानून, वेचविखन विरुद्ध, स्वास्थ्य तथा सरसफाई, अर्गानिक खेती, नेतृत्व विकास, खाजा नास्ता बनाउने, होजेरी, पेन्टिङ, सिलाईकटाई विषय सिकाइरहेको छ ।
सोसाइटीद्वारा संचालित नवज्वतीकेन्द्रमा रोसिता सहित भारतका ४ जना सिस्टरहरु कार्यरत छन् । सोसाइटीमा आवद्ध भएका महिलाहरु अविवाहित बसेर सामाजिक काममा लाग्नुपर्ने भएकोले उनीहरुलाई सिस्टर भन्ने गरिन्छ ।
प्रतिकृया दिनुहोस्