Birendranagar Municipality

जिल्ला न्यायाधीशमा २२ जना सिफारिस

सेरोफेरो
जिल्ला न्यायाधीशमा २२ जना सिफारिस

९ असार । न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । संविधानको धारा १४९ अनुसार न्याय परिषदले न्यायाधीश सिफारिस गरेको हो । परिषद अध्यक्ष एवं प्रधानन्यायाधीशले सिफारिस कार्यान्वयन गर्ने संवैधानिक व्यवस्था छ ।

 

सिफारिस भएकामध्ये न्याय सेवा समूहका १४, सरकारी वकिलबाट ५ र कानुन समूहबाट ३ तीनजना छन् । सिफारिसमा पर्नेमा सरकारी वकिलबाट सुदर्शन लामिछाने, टिकेन्द्र दाहाल, राजेशकुमार कटुवाल, मणिराज न्यौपाने र दुर्गा खड्का छन् ।

 

यस्तै, कानुन समूहबाट खिमानन्द भुसाल, माधवप्रसाद सुवेदी र चन्द्रकान्त पौडेल तथा न्याय समूहबाट वसन्तजंग अधिकारी, चाणकमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती छन् ।

 

सिफारिस हुनेमा न्याय समूहकै देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दिनबन्धु बराल, दण्डपाणि लामिछाने र गीता श्रेष्ठ पनि छन् । महिलाबाट सिफारिस हुनेमा गीता श्रेष्ठ र दुर्गा खड्का छन् ।

२०७५ असार ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्