Birendranagar Municipality

श्रष्टा सम्मान तथा तिज विशेष लोक नृत्य प्रतियोगीता हुँदै

सेरोफेरो/सुर्खेत
श्रष्टा सम्मान तथा तिज विशेष लोक नृत्य प्रतियोगीता हुँदै

९, असार । सिस्टर नेपालको आयोजनामा सुर्खेतमा श्रष्टा सम्मान तथा तिज विशेष लोक नृत्य प्रतियोगीता हुने भएको छ ।

 

विशेषगरी हिन्दु महिलाहरुको महान् चाड तिजलाई लक्षित गरी हरेक वर्ष सिस्टर नेपालले यस्तो प्रतियोगिता गर्दै आएको सिस्टर नेपालकी अध्यक्ष नन्दा बस्यालले बताएकी छन् ।


विद्यालय स्तरिय उक्त प्रतियोगीतामा नेपाली संस्कृतीको संरक्षण तथा विद्यार्थीहरुको प्रतिभाको पहिचान गर्ने उदेश्यले विद्यालय स्तरिय तिज नृत्य प्रतियोगीता, व्यवसायी, उद्योगी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, पत्रकार तथा सामाजिक रुपमा योगदान दिएका समाजका महिला अधिकारकर्मीहरुलाई सम्मान लगाएतका कार्यक्रम रहने छन् ।

 

कार्यक्रमबाट नेपाली हिन्दु नारीहरुको चाडलाई सभ्य तरीकाले मनाउनको लागी सहयोग हुने भएकोले कार्यक्रमको आयोेजना गर्न लागीएको अध्यक्ष बस्यालको भनाई रहको छ ।
प्रतियोगितामा उत्कृष्ट विद्यालयलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिने समेत बस्यालले जानकारी दिइन् । कार्यक्रमा विभिन्न कलाकारहरुको उपस्थिति रहनेछ ।

 

कार्यक्रम सम्पन्न गर्नको लागी करिब सातलाख रकम खर्चहुने आयोजकले जानकारी दिएका छन् । कार्यक्रम भदौको पहिलो हप्ता हुनेछ ।

सुर्खेत ९, असार मा प्रकाशित

प्रतिकृया दिनुहोस्