Birendranagar Municipality

नारायण नगरपालिकामा एमाले विजयी

नारायण नगरपालिकामा एमाले विजयी

सेरोफेरो

२ जेठ, दैलेख । नारायण नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । एमालेका रत्नबहादुर खड्काले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मणिराम रेग्मीलाई हराई मेयरमा बाजी मारेका हुन् ।


यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी वासना थापालाई एमालेकी सावित्रि मल्लले पराजित गरेकी छन् ।


बहिनी वासनालाई जिताउन नायिका विपना थापा समेत दैलेखमा चुनावी प्रचारमा सक्रिय भएकी थिइन् ।


पत्रकार चक्र केसीका अनुसार नारायण नगरपालिका वडा नम्बर ६, ७ र ८ का वडाध्यक्षमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् भने बाँकी आठ वडामा एमालेका उमेदवारहरु विजयी भएका छन् ।

२०७४ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्