९ असार । व्यवसायिक रुपमा सुबिधा सम्पन्न बसहरू सन्चालन गर्दै आएको मयुर यातायात प्रा. लि. ले थप २० वटा सुबिधा सम्पन्न बसहरू सन्चालन गर्ने भएको छ ।
यात्रुहरूको माग, सेवा तथा सुबिधाहरुलाई मध्यनजर गर्दै प्रा. लि. ले बस थप गर्न लागेको मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । बस भित्र जेष्ठ नागरिक, अपाङ्ग, बालबालिका तथा महिलाहरूका लागि स्पष्ट आरक्षण सिटको ब्यवस्था गरिएको छ ।
बसमा फ्री वाइफाई, ए.सी, सीसी क्यामरा समेत जडान गरिएको छ । गाडीमा ‘जिपिएस सिस्टम’ राखिएकोले गाडीको गति र गाडिभित्र भैरहेका गतिविधिहरूको जानकारी अफिसबाटै लिन सकिने सञ्चालकले बताएका छन् । यसबाट गाडी भित्र हुन सक्ने विभिन्न घटना तथा दुर्घटनाहरूको धेरै हदसम्म न्यूनीकरण गर्न सकिने सञ्चालकको दावि छ ।
प्रा.लि. ले असोज सम्ममा थप ४५ वटा यस्ता सुविधा सम्पन्न बसहरू किन्ने योजना बनाएको छ । हाल मयुर यातायात काठमाडौं चक्रपथ परिक्रमा गरि, नागढुङ्गा, कलंकी, त्रिपुरेश्वर, बनेपा हुँदै पनौती, धुलिखेलसम्म सन्चालन भैरहेका छन् ।
प्रतिकृया दिनुहोस्