Birendranagar Municipality

सुशील कोइराला क्यान्सर अस्पताल सोमबारदेखि सञ्चालन हुने

सेरोफेरो

१० असार । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।

 

अस्पताल परिसरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गते सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भएको बताए ।

 

सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ शैयाबाट आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ । यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश ५, ७ र कर्णालीका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज तथा सस्तो हुने बताइएको छ ।

 

कक्षपतिका अनुसार, अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले रु १८ करोड विनियोजन गरेको छ ।

२०७५ असार १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्