Birendranagar Municipality

बागी उमेदवारको जित

सेरोफेरो
२ जेठ, सुर्खेत । बराहताल गाउँपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका बागी उम्मेदवार खगेन्द्र गिरीले जित हासिल गरेका छन् । उनले काँग्रेसका नवराज शर्मालाई ४६ मत अन्तरले जितेका हुन् ।


गिरीले २८९ मत प्राप्त गरेका थिए भने काँग्रेसका आधिकारिक उमेदवार नवराज शर्माले दुई सय ४३ र एमालेका प्रेमबहादुर बुढाले एक सय छ मत प्राप्त गरेका थिए ।


पार्टीले वडा अध्यक्षमा उम्मेदवारको टिकट नदिएपछि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।

२०७४ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्