११ असार । कर्णाली प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुरेश विक्रम शाहले रुकुमेलीहरुलाई प्रहरी उपरीक्षक (एसपी) बीर बहादुर ओलीजस्तो बन्न आग्रह गरेका छन्।
रुकुमेली समाजले भर्खरै एसपीमा बढुवा भएका ओलीलाई बधाई दिन सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा शाहले भने- ‘इच्छाशक्ति भए के हुँदो रहेनछ ? खासगरी युवाहरुले बीर बहादुरबाट प्रेरणा लिनुस् ।’ अध्ययन, मेहनत र जिम्मेवारी बहन गर्ने सन्दर्भमा एसपी ओलीको अनुसरण गर्नु पर्ने शाहले बताए ।
मध्यम वर्गीय परिवारमा रुकुम जिल्लाको साविकको छिवाङमा जन्मिएका ओली शिक्षा सेवा, निजामती सेवा हुँदै प्रहरी सेवामा प्रवेश गरेका हुन् । राजनीति शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका ओली हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट द्वन्द्व र शान्ति अध्ययन विषयमा स्नातकोत्तर गरिरहेका छन् ।
सुर्खेत क्याम्पस (शिक्षा) का सहायक क्याम्पस प्रमुख डा. दिपक गौतमले युवाहरु जागिर मात्र नगरेर उत्पादनको काममा लाग्ने र लगानी गर्नु पर्ने धारणा राखे । अबको समयलाई पानीको दुनियाँ भन्दै गौतमले रुकुमेली युवाहरुले पानीको भरपुर उपयोगबाट लाभ लिनतिर लाग्नुपर्ने सुझाव दिए ।
कर्णाली प्रदेशका सांसद रातो कामीले तथ्याङ्कमा सबै भन्दा पछाडि रहेको कर्णाली प्रदेश तथ्यको हिसावमा अगाडि भएको जिकिर गरे । भने ‘पर्यटकीय स्थल, जडिबुटी, जल सम्पदाको क्षेत्रमा काम गर्ने र प्रदेशको जनशक्तिलाई सिपयुक्त बनाउन जरुरी छ । ’ कार्यक्रममा डीएसपी ओलीले संस्थाको गरिमामा आँच पुग्नेगरी केही नगर्ने बताए ।
प्रतिकृया दिनुहोस्