१३ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनको क्रममा प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिकी राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट समेत गरेका छन् । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका प्रधानमन्त्री ओलीले बताए ।
२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षत विक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । “हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ ” प्रधानमन्त्री ओलीले थपे “हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।”
प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधान सभाले संविधान जारी गरेर, नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले थपे “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं । ”
फेरी पनि भूकम्प आउन सक्ने भएकोले अबको पुननिर्माण थप गुणस्तरीय हुनु पर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्