Birendranagar Municipality

निगमको पहिलो 'वाइड बडी' जहाज आयो

सेरोफेरो/काठमाडौं
निगमको पहिलो 'वाइड बडी' जहाज आयो

तस्विर : धनश्याम अाचार्य

१४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले वाइड बडी जहाज ल्याएको छ । यूरोपेली कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो।

 

निगमले जहाजलाई अन्नपूर्ण नाम दिएको छ । २७४ सिट क्षमताको अन्नपूर्णलाई नेपाल नागरिक उड्यान प्राधिकरणले भने ९ एन–एएल वाई कल फाइन नाम दिएको छ।

 

जहाज १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको निगमले जनाएको छ । अन्नपूर्णले एक महिनाभित्र नियमित व्यापारिक उडान गर्नेछ । यसको पहिलो उडान कतारको दोहा हुने निगमले जनाएको छ ।

२०७५ असार १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्