सेरोफेरो
३ जेठ, सुर्खेत । सुर्खेतको चिंगाडमा नेपाली काँग्रेसका देवबहादुर चन्द गाउँपालिका अध्यक्ष पदमा विजयी भएका छन् । चन्दले दुई हजार नौ सय ४९ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बखत बहादुर खत्रीले दुई हजार तीन सय ८५ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा नेपाली काँग्रेसकी मनमाया आचार्य विजयी भएकी छन् भने ६ वडा मध्ये १, २ र ४ मा काँग्रेस, ३ र ५ मा माओवदी केन्द्र तथा ६ मा नेकपा एमालेका उमेदवार वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका पदमबहादुर लामाको जित भएको छ । उनले एक हजार तीन सय ६५ मत प्राप्त गरी विजयी बनेका हुन् ।
स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । यद्धपी मतगणना कार्य ढिलो भएकोले नतिजा आउन धेरै समय लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले गणना केन्द्र थपेर भएपनि मतगणनालाई यथाशिघ्र सम्पन्न गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस्