१४ असार । कर्णाली प्रदेश सरकारको तेईसौं बैठक बुधबार बसेको छ । बैठकमा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले दुईवटा विधेयक पेश गरेका छन् ।
उनले कर्णाली प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धि विधेयक, २०७५ तथा कर्णाली प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन सम्बन्धि विधेयक, २०७५ संसदमा सैद्धान्तिक छलफलका लागि पेश गरेका हुन् ।
छलफलमा भाग लिंदै सांसद गणेशप्रसाद सिंहले भने ‘कर्णालीका स्थानिय तहले मनोमानी ढंगले जनताबाट कर उठाईरहेका छन् । यसरी जनताको ढाडै सेक्नेगरी कर उठाउनुभन्दा जनतालाई आफै कर तिर्न प्रेरित गर्नुपर्दछ । एउटा सामान्य सिफारिसको दुई हजार रुपैयां लिंदा जनता मर्कामा परेका छन् ।
सांसद अम्मरबहादुर थापाले विभिन्न ऐन निर्माण गर्ने तर कार्यान्वयन नगर्ने हो भने ऐन नियमको कुनै अर्थ नहुने बताए । त्यस्तै छलफलमा सांसद विन्दमान विष्टले पनि भाग लिएका थिए ।
कर्णाली प्रदेश सभाको अगामि बैठक असार १४ गते बिहिबार ३ बजे बस्नेछ ।
प्रतिकृया दिनुहोस्